माओवादी अभियान: रतुवामाईका सयौं माओवादी केन्द्रमा प्रवेश


रतुवामाई (मोरङ) । मोरङको रतुवामाई नगरपालिका सयौं जना माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत आज रतुवामाईमा आयोजित जनसभामा उनिहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। उनीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका थिए ।

रतुवामाई वडा नम्बर ९ बाट नेपाली काङ्ग्रेसका युवा व्यवसायी अविनाश बास्तोलासहित १६३ जना, वडा नम्बर १ बाट काङ्ग्रेसका पुराना नेता डा. नई मियाँ, दिलिप झा, एमालेका हरिप्रसाद काफ्लेसहित १३० जना, वडा नम्बर १० बाट एमालेका यदु भण्डारीसहित जना ४०, वडा नम्बर ८ का एमालेका पासाङ तामाङसहित ७२ जना, वडा नम्बर ६ मा सुमन सुब्बासहित ५० जना, वडा नम्बर ४ बाट मिथुन ठाकुरसहित ११० जना , वडा नम्बर २ बाट मजेफुल मियाँसहित १०७ जना, वडा नम्बर ७ मा एमालेका वडा सहसचिव चुडामणि पौडेललसहित ४४ जना, वडा ५ बाट समाजवादी पार्टी निकट युवा सङ्घका पूर्व जिल्ला सचिव दिपेन्द्रकुमार रायलगायत २३ जना माओवादीमा प्रवेश गरेका हुन् । रतुवाईबाट झन्डै आठ सय जना पार्टीमा प्रवेश गरेको राटुवामाई इन्चार्ज सुमन कालिकोटेले जानकारी दिए।

यसअघि मोरङकै कानेपोखरीमा साढे नौ सय जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । त्यस्तै सुनबर्सीबाट ५० जनाभन्दा बढी माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्र मोरङले जनाएको छ।

मङ्गलबार, १३ फागुन, २०८१, दिउँसोको ०४:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर