माओवादी केन्द्रको जागरण अभियान मोरङ प्रवेश: तीन सभासहितका कार्यक्रम

विराटनगर । झापाको केचनकवलबाट सुरु नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित तराई-मधेश जागरण अभियान मोरङ आइपुगेको छ ।

माओवादी अध्यक्ष प्रचण्ड सहित नेताहरु सहभागी टोली आज र भोलि मोरङका कार्यक्रमममा सहभागी हुने कार्यतालिका छ ।

आज बिहान पथरी बजार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताको स्थानियले स्वागत गरेका छन्। त्यसपछि टोली कानेपोखरी पुगेको छ । त्यहाँ पार्टी प्रवेश, सहिद परिवार भेताघट र जनसभा राखिएको छ । बिहान ९ बजेदेखि ११ बजेसम्म कानेपोखरी – ६  को रमाइलो बजारमा जनसभा हुनेछ ।

रमाइलोको सभापछि दिउँसो १२ बजे सुनवर्सी नगरपालिका ९ कदमगाछीमा प्रचण्डसहित नेताले कार्यकर्ताको घरमा खाना खानेछन् । त्यसक्रममा पनि भेटघाट हुनेछ ।

दिउँसो १ बजेदेखि ३ बजेसम्म हुलाकी मार्गको आमबाडीमा सभा हुनेछ । दिउँसो साढे ३ बजेदेखि हुलाकी मार्गकै कर्सीया बजारमा जनसभा हुनेछ । कर्सीयाको कार्यक्रमपछि दादरबैरीयामा प्रचण्डसहितका नेताहरु बास बस्नेछन् । बुधबार विराटनगर केन्द्रित भेटघाट कार्यक्रम छन्  ।

मङ्गलबार, १३ फागुन, २०८१, बिहानको ०८:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर