बेलबारीमा ललितकला प्रदर्शनी हुने

विराटनगर । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आगामी फागुन १६ गतेदेखि २० गतेसम्म मोरङको बेलबारीमा प्रादेशिक ललितकला प्रदर्शनी गर्ने भएको छ ।

बेलबारी नगरपालिकास्थित तमु बुद्धिष्ट गुम्बामा आयोजना हुने कार्यक्रममा समसामयिक चित्रकला, परम्परागत चित्रकला, समकायिक मुर्तिकला, परम्परागत मुर्तिकला, हस्तकला, भिडियो तथा फोटोग्राफी, मैथिली, थारु, सन्थाल, राजवंशी, खवास लोककलाहरु, टिपिकल रैथाने कलाहरु प्रदर्शनी हुने जनाएको छ ।

प्रतिस्थापन कला, वास्तुकला, भावभङ्गीकलाको समेत प्रदर्शनी हुने आयोजकले जनाएको छ । प्रज्ञा प्रतिष्ठानले गत वर्षदेखि प्रादेशिक ललितकला प्रदर्शनी गर्न थालेको हो ।

गत वर्ष कोशी प्रदेशका १४ जिल्लाका १४६ कलाकारहरूको सहभागिता थियो । त्यसक्रममा राष्ट्रिय कला प्रदर्शनीमा ६० जना कलाकारहरूले विभिन्न कलाका क्षेत्रमा आफ्ना उत्कृष्ट कृतिहरू प्रदर्शन गरेका थिए ।

यस पटकको प्रदर्शनीमा १५ हजारभन्दा बढी दर्शकहरू सहभागी हुने लक्ष्य राखिएको छ । प्रादेशिक प्रदर्शनीका लागि संयोजक संजय वान्तावाको संयोजकत्वमा ६१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

मङ्गलबार, २९ माघ, २०८१, साँझको ०६:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर