प्रेस सेन्टर मोरङको अध्यक्षमा कर्ण , लक्ष्मी फुयाल स्मृति पत्रकारिता पुरस्कार मुडियारीलाई

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङको अध्यक्षमा नविनकुमार कर्ण चयन भएका छन् । विराटनगरमा बिहीबार भएको पाँचौ जिल्ला सम्मेलनबाट कर्ण अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । उनी यसअघि सेन्टरका उपाध्यक्ष थिए ।
समितिको उपाध्यक्षमा श्रीमन्त भट्टराई, सन्दिप राई, सचिवमा अनिल श्रेष्ठ, सहसचिव राकेश कर्ण, हुसेन शेख, राजेश राजवंशी र कोषाध्यक्ष प्रेम देवान रहेका छन् । त्यसैगरी सदस्यहरुमा नम्रता न्यौपाने, एलिसा रायमाझी, मोहन ढकाल, माधव काफ्ले, सुरन्जन लिम्बू, जय कामत, अर्जुन लिम्बू, मर्जिना खातुन रहेका छन् । त्यस्तै प्रदेश पार्षदमा हरि अधिकारी, देवराज तामाङ, पवनकुमार साह, मौसम लिम्बूलगायत रहेका छन् ।

लक्ष्मी फुयाल स्मृति पत्रकारिता पुरस्कार मुडियारीलाई
सम्मेलनका अवसरमा सहिद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बावुराम मुडियारी पुरस्कृत भएका छन् ।
मुडियारीलाई १० हजार राशीको उक्त पुरस्कार प्रदान गरिएकोहो । पुरस्कृत भएका पत्रकार मुडियारी रेडियो नेपालमा कार्यरत छन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्क नेम्वाङ्ग, सचिव गणेश उप्रेती, मोरङ इन्चार्ज कुलबहादुर साम्बा (कुशल), प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतमलगायतले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
यस्तै प्रेस सेन्टर नेपाल मोरङका संस्थापक अध्यक्षसहित पाँच जना पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा प्रेस सेन्टर नेपाल मोरङका संस्थापक अध्यक्ष राजेन्द्र पौडेल, पूर्व अध्यक्षहरु अमृत कुमार महतो, विनोद घिमिरे, गणेश लम्साल र  गोकुल पराजुलीलाई सम्मान गरेको हो । प्रेस सेन्टर नेपाल मोरङ तत्कालीन क्रान्तिकारी पत्रकार संघको पूर्वअध्यक्षको भूमिका निर्वाह गरेर संगठन निर्माण, विकास र विस्तारमा योगदान पुर्याएको भन्दै पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको हो ।

बिहिबार, १० माघ, २०८१, साँझको ०७:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर