विराटनगर । प्रदेश सरकारले निःशुल्क वितरण गर्ने चालु आर्थिक वर्षको लागि औषधि खरिद गर्नको लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सार्वजानिक सूचना आव्हान गरेको छ । ५५ प्रकारको औषधि खरिदको लागि केन्द्रले मंगलबार सार्वजानिक सूचना आव्हान गरेको हो ।
यसअघि प्रदेश सरकारले आर्थिक वर्षको अन्त्यमा करडौंको औषधि खरिद गर्ने र विरामीले समयमै औषधि नपाउने समस्या रहेको थियो । यस पटकदेखि सरकारले विरामीलाई छिटै औषधि वितरणको लागि सम्बन्धित अस्पतालहरुमा पु¥र्याउन औषधि खरिदको प्रक्रिया सुरु गरेको हो । औषधिजन्य सामानहरुको प्रचलित बजार मूल्य ७ दिनभित्र सम्बधित आपूर्तिकर्ताबाट स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रमा जानकारी गराउनपनि सूचनामा भनिएको छ ।