डा.रोशन खतिवडा अब न्यूरो अस्पतालमा

विराटनगर । न्यूरो सर्जरीमा एमसिएच गरेर विगत ३ वर्षदेखि बिराटनगरको चिकित्सा क्षेत्रमा सक्रिय डा.रोशन खतिवडा न्यूरो अस्पतालमा कार्यवहाक विभागीय प्रमुखको रुपमा अनुबन्धित भएका छन् ।

छोटो समयमा विराटनगरमा आफ्नो छुट्टै पहिचान बनाएका डा.खतिवडाको उत्कृष्ट शैक्षिक पृष्ठभूमि र अनुभव अब न्युरोमा रहने अस्पतालले जनाएको छ ।डा.खतिवडाले बीर अस्पताल (न्याम्स) बाट न्यूरो सर्जरीमा एमसिएच प्राप्त गरेका हुन् । जुन नेपालका प्रख्यात चिकित्सा शिक्षा सम्बन्धि संस्थाहरूमध्ये एक हो । उनले काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट सामान्य शल्य चिकित्सामा एमएस डिग्री प्राप्त गरेका छन् । त्यसैगरि उनले सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस गरेका थिए ।

विगत १५ वर्षदेखि न्यूरो सर्जरी सेवा प्रदान गर्दै आएको न्यूरो अस्पताल विराटनगरमा अहिले पनि वरिष्ठ न्यूरो सर्जन डा.सुनिलकुमार दास, वरिष्ठ न्यूरो सर्जन डा.आशिषजंग थापा, न्यूरो सर्जन डा.आलोक झालगायतका न्यूरो सर्जनहरुको टिम कार्यरत रहेको छ । डा.खतिवडाको उपस्थितिले न्यूरो सर्जरी टिम थप सशक्त हुने र यस क्षेत्रका बासिन्दाहरूलाई उपलब्ध हुने न्यूरो सर्जिकल सम्बन्धि सेवाहरुको गुणस्तरमा अभिवृद्धि हुने अस्पतालको दावी छ ।

न्यूरो अस्पताल उपचारको लागि सर्वोत्कृष्ट टिम रहेको अस्पताल भएकोले यस अस्पतालमा जोडिएर नविनतम् प्रविधि र उपचार विधिसहित बिरामीलाई उच्चतम् सेवा दिनु आफ्नो उद्देश्य रहेको डा.खतिवडाले बताएका छन् ।

सोमबार, ०७ माघ, २०८१, बिहानको ०८:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर