बिहानै ७ रेक्टर स्केलको शक्तिशाली भुकम्प

विराटनगर ।आज बिहानै काठमाडौं र त्यबाट पुर्ब क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

धक्का विराटनगरमा पनि महसुस भएको छ । भुकम्पको धक्कापछी मानिसहरु होहल्ला गर्दै घरबाहिर निस्किएका थिए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ७ रेक्टर स्केलको मापन भएको छ ।भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।

काठमाडौंसहित धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुरलगायत पुर्बी नेपालमा जिल्लामा समेत धक्का महसुस गरिएको थियो ।

 

मङ्गलबार, २३ पुष, २०८१, बिहानको ०७:१२ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर