लोड हुँदैछ...

मेनु

कस्तो होला आज देशभरको मौसम ?

कस्तो होला आज देशभरको मौसम ?

विराटनगर । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

आइतबार बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। देशका बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ।

तराईका केही स्थानमा अहिले हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको महाशाखाले आइतबार बिहान ५ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु रकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।