विराटनगर । विराटनगर– १४ आइसिपि रोडमा सवारी दुर्घटना हुँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साढे ६ बजे नयाँ भन्सार कार्यालय बाट बिराटनगर तर्फ जाँदै गरेको ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
भन्सारबाट विराटनगरतर्फ जाँदै गरेको जेएच १५ जे ७१०३ नम्बरको ट्रकले बिपरित दिशा वाट आउदै गरेको प्र.१–०२–०४१ प १३२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा विराटनगर १५ बस्ने वर्ष १६ का सुरज ठाकुरको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । मोटरसाइकलमा सवार बर्ष १६ का आदित्य साह र वर्ष १८ का विकास कुमार यादव घाइते भएका छन् । साहको देब्र खुट्टा,शरीरको भिभिन्न भागमा चोट लागेको छ भने यादवको शरीरको भिभिन्न भागमा चोटपटक लागेको प्रहरीले जनाएको छ । उनीहरुको उपचार विराटनगरस्थित कोशी अस्पतालमा भइरहेको छ ।
दुर्घटनामा परेको कोईला लोड भएको ट्रक सडकको बाँया साईडमा पल्टिएको डिएसपी जोशीले बताए । ट्रक चालक फरार भएकोले उनको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।