भोलिदेखि पानी पर्ने सम्भावना

विराटनगर । पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबारदेखि भने अर्को प्रणाली आउने सम्भावना देखिएको महाशाखाले जनाएको छ । शुक्रबारदेखि अर्को पश्चिमी वायुको प्रभाव शुरू हुने मौसमविद् बताउँछन् । जसका कारण पश्चिम नेपालमा ‘राम्रै वर्षाको सम्भावना’ रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले बताए ।

‘शुक्रबार बेलुका फेरि अर्को पश्चिमी वायुको प्रभाव शुरू हुने र पश्चिम नेपालमा राम्रै वर्षा हुने देखिन्छ । शनिबार देशैभरि पूर्णतया बदली हुने सम्भावना छ,’ उनले भने ।

बिहिबार, ११ पुष, २०८१, बिहानको ०८:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर