सामूहिक बलात्कार भएको निष्कर्षमा प्रहरी, एक भारतीय सहित तीन जना पक्राउ

विराटनगर । मोरङको जहदा गाउँपालिका घर भएकी २२ वर्षीय महिलामाथि सामूहिक बलात्कार भएको निष्कर्षमा प्रहरी पुगेको छ । पीडित महिलाको बयान र घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेपछि सामूहिक बलात्कार भएको निष्कर्षमा प्रहरी पुगेको हो ।

कटहरी २ मा हातखुट्टा बाँधेको र मुखमा सल कोचेको अवस्थामा अर्धचेत फेला परेकी महिलाको मङ्गलवार दिउँसो उद्धार गरेर कोशी अस्पतालमा उपचार भइरहेको छ । ती महिलाको उद्धार गरेपछि प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । पक्राउ पर्नेमा १ जना भारतीय नागरिकको समेत संलग्न रहेको छ । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मो।गुलजार छन् । यस घटनामा एक जना फरार रहेको प्रहरीले जनाएको छ । फरारको हकमा पनि खोजी कार्य प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको बताए । यस घटनामा विस्तृतमा जानकारी पत्रकार सम्मेलन गरी जानकारी गराउने उनले बताए । ‘पक्राउ परेकाहरूको हकमा अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘हामी यस घटनाको विस्तृतमा जानकारी दिनेछौँ ।’

पराल लिन गएकी महिलाले हातखुट्टा बाँधेको अवस्थामा ती महिलालाई भेटेपछि प्रहरीलाई खबर पुगेको थियो । स्थानीयको सहयोगमा प्रहरीले महिलाको उद्धार गरी कोशी अस्पताल भर्ना गरेको थियो । महिलाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । प्रहरीका अनुसार घरबाट बाहिर निस्किएकी महिलालाई तीन जनाको समूहले सिटी सफारीमा राखी कटहरी–२ स्थित बाँस झ्याङमा लागेर हातखुट्टा बाँधेर जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । ‘एक जनाले जबरजस्ती बलात्कार गर्ने र दुई जनाले हात समाएको बयान पीडित महिलाले दिएकी छिन्,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकारीले भने, ‘सामूहिक बलात्कार भएको निष्कर्षमा प्रहरी पुगेको छ । अब मेडिकल रिपोर्ट मात्रै आउन बाकी रहेको छ । त्यो आएपछि प्रहरीले आधिकारी रूपमा प्रारम्भिक अनुसन्धानको घटनाक्रम सार्वजनिक गर्नेछ ।’

बुधबार, १० पुष, २०८१, रातीको ०८:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर