बैकिङ कसुर मुद्दामा विराटनगर १२ का वडाअध्यक्ष पक्राउ

विराटनगर । विराटनगर १२ का वडाअध्यक्ष हिरालाल कामत पक्राउ परेका छन् । बैकिङ कसुर मुद्दामा वडाअध्यक्ष कामत सोमबार साझ पक्राउ परेका हुन् ।
मंसिर २५ गते मोरङ अदालतबाट पक्राउ पूर्जी जारी भएपछि कामतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले जानकारी दिए । मोरङको जहदा गाउँपालिका ३ का गुरुदयानन्द ठाकुरको जाहेरीमा कामतलाई पक्राउ गरिएको उनले बताए । कामतले दिएको ५ लाखको चेक बाउन्स भएपछि कार्तिकमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।
बैंकिङ कसुरमा पक्राउ परेका कामत जसपाबाट उम्मेदवारी दिएर वडाअध्क्षमा निर्वाचित भएका थिए ।

सोमबार, ०८ पुष, २०८१, रातीको ०९:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर