विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गर्ने तय भएको लगानी सम्मेलन कुनै संघसंस्थाले नगरेर प्रदेश सरकारले नै गर्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।
प्रदेश सभाको सुशासन तथा योजना समितिको बैठकमा मुख्यमन्त्री कार्कीले बाहिर चर्चा गरेजस्तो विवाद नरहेको दाबी समेत गरेका छन् । । यस अघि केहि निजि संस्थालाई लगानी सम्मेलन गर्न दिने गरी सरकार अगाडी बढेको थियो । निजि क्षेत्रको सहकार्यमा सम्मेलन गर्ने उनले बताएका छनत् ।
‘कुनै एउटा संगठनको ब्यानरमा नभए सम्मेलन सरकारले गर्ने हो । तयारी पूरा भएपछि एउटा ‘ग्रान्ड’ पत्रकार सम्मेलन गरेर थप जानकारी गराउने तयारी छ, सरकार मूल आयोजक हुन्छन् । पूर्ण प्रस्ताव बनेपछि थप छलफल हुनेछ,’ मुख्यमन्त्री कार्कीले भने ‘मलेसियाका पूर्वअर्थमन्त्री आउने प्रतिवद्धता जनाउनु भएको छ । विश्व बैंकका पूर्वसिइओ पनि आउने सम्भावना छ । प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरु पनि सहभागी हुनु हुनेछ । यो, साझा लगानी सम्मेलन हो ।
तीन करोड तीस लाख रुपैयाँ विनियोजन भएको समेत मुख्यमन्त्री कार्कीले जनाकारी दिएका छन् । बजेट लगानी बोर्डलाई पठाइएको र बजेट बाँडफाँट गरेर बोर्डले पास गरेको उनले बताए । मुख्यमन्त्री कार्कीले राजनीतिक दल, नेपाल सरकारका माथिल्ला निकाय, संसदीय दल, लगानी बोर्ड तथा योजना आयोग आदिको सल्लाह सुझाव समेत लिएर अघि बढिरहेको बताए ।
लगानी सम्मेलनका विषयमा विभिन्न प्रश्न उठिरहेको सन्दर्भमा प्रदेश सभाको सुशासन तथा योजना समितिले मुख्यमन्त्री हिक्मत कार्की र प्रदेश लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सरोज कोइरालासँग छलफल गरेको थियोे ।
कोशी प्रदेश सरकारले माघ ११ गतेदेखि तीन दिनसम्म विराटनगरमा लगानी सम्मेलन आयोजना गर्ने तयारी गरेको छ ।लगानी बोर्डका सिइओ सरोज कोइरालाले लगानी बोर्डको खातामा पठाइएको र अब बजेट लगायत प्रक्रिया अघि बढाउने बताउँदै सम्मेलनमा कूल ३७ वटा परियोजना छनोट गरेर शोकेस गर्ने तयारी रहेको जानकारी दिए ।