स्थानीयतह कर्मचारी संघ नेपालद्वारा रंगेली घटनाको निन्दा

विराटनगर । मोरङको रंगेली नगरपालिकामा कार्यरत सहायक स्तर पाँचौं तहका कर्मचारी सुधिर चौधरीमाथि कार्यालय प्रवेश गर्ने क्रममा केही व्यक्तिहरूबाट आक्रमण गरी गुण्डागर्दी शैलीमा कुटपिट भएको घटनाप्रति स्थानीय तह कर्मचारी संघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले यस्तो घटना दुःखद र खेदजनक भएको बताउँदै कुनै पनि राजनीतिक समस्याको समाधान वार्ता र छलफलबाट गर्नुपर्नेमा जोड दिएको छ। साथै यस्ता घटनाहरूले कर्मचारीको मनोबल कमजोर बनाई सेवा प्रवाहमा गम्भीर असर पर्ने भन्दै चिन्ता व्यक्त गरेको छ।

संघले कर्मचारीहरूको सुरक्षा र कार्य वातावरण निर्माण गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग माग गर्दै यस्ता गतिविधि तत्काल नियन्त्रण गरी दोषी उपर कानूनी कारबाही अगाडि बढाउन अनुरोध गरेको छ। यदि दोषी उपर कानूनी कारबाही नभएमा मोरङ जिल्लाका सम्पूर्ण स्थानीयतहहरूमा काम ठप्प पारी आन्दोलनका कार्यक्रम अगाडि बढाउने चेतावनी पनि दिएको छ।

रगेली नगरपालिकाले कर वृद्धि गरेको भन्दै आन्लोलन गरिरहेको नेपाली कांग्रेस कार्यकर्ताहरुले कर्मचारीमाथि कुटपिट गरेका छन् ।शुक्रबार विहान कामको शिलशिलामा कार्यालय पवेश गर्नेक्रममा नेपाली कांग्रेसका कार्यकर्ताले रंगेली नगरपालिकाका कर्मचारी सुधिर चौधरीलाई कुटपिट गरेका हुन्। रंगेलीमा केहीदिन देखि नगरपालिकाले कर वृद्धि गरेको भन्दै नेपाली कांग्रेस आन्दोलनमा छ ।

शुक्रबार, २८ भदौ, २०८१, रातीको ०८:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर