भाईको हत्या आरोपमा दाजु पक्राउ

झापा । झापाको शिवसताक्षीमा आफ्नै भाईको हत्या आरोपमा दाजु पक्राउ परेका छन् ।

शिवसताक्षी नगरपालिका –८ शितल चौक निवासी ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या आरोपमा उनका दाजु नारायण सिटौलालाई पक्राउ गथरीएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापामगरले जानकारी दिए ।

घटना पश्चात् अनुसन्धानका लागि मृतकका दाजु नारायणलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक थापामगरले जानकारी दिए ।

गएराति करिब ९ बजे आफ्नै घरको पछाडिपट्टि उतानो परेको अबस्थामा रामप्रसादको शव फेला परेको थियो । टाउकोमा गम्भीर चोट देखिएकोले उनीमाथि दाउरा प्रहार भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थल वरिपरि दाउरा छरिएको र रगत लतपतिएको भेटिएको थियो । दुवै दाजुभाइले मादक पदार्थ सेवन गरी झगडा गरेको र त्यसपछि नारायणले भाइलाई दाउराको चिर्पटले हानेको प्रहरीको आशंका रहेको छ ।

शुक्रबार, २८ भदौ, २०८१, बिहानको ०८:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर