झापामा डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दुई पुग्यो

झापा । झापामा डेंगु सङ्क्रमणका कारण एक बालकको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका ४ का ८ वर्षीय आलोकजंग बस्नेतको डेंगु सङ्क्रमणबाट मृत्यु भएको हो ।

सुरुमा ज्वरो आएपछि बिर्ताबजारमा रगत परीक्षण गराउँदा डेंगु पुष्टि भएको थियो। लगत्तै उनलाई बिर्तामोडको झापा नेशनल मेडिकलमा चार दिनसम्म उपचार गराइएको थिए।

बिर्तामोडमा उपचार सम्भव नभएपछि बालकलाई उपचारका लागि नोबेल हस्पिटल विराटनगर लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
योसँगै यस वर्ष झापामा डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

आइतबार, २३ भदौ, २०८१, बिहानको ०८:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर