फेसबूकले ‘रिकभर’ गरिदियो बालेनको पोस्ट

काठमाडौं  । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को फेसबूक पोस्ट रिकभर भएको छ । फेसबूकले हटाएको पोस्ट शुक्रवार उसैले पुनः रिकभर गरिदिएको हो ।

बालेनले पनि आफ्नो रिकभर भएको स्टाटसमा कमेन्ट गरेर यसको पुष्टि गरेका छन् ।

बालेनले नेकपा (एमाले)की प्रदेश सांसद रेखा शर्मामाथि बाल श्रम दुरुपयोगको आरोप लगाउँदै भदौ १६ गते एक स्टाटस लेखेका थिए । त्यसमा उनले शर्मालाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरेका छन् । साथै उनले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि कटाक्ष गरेका थिए ।

शर्माको तस्वीरसहित उनले गरेको पोस्ट दुई दिनपछि डिलिट भएको थियो । शुक्रवार पाँच दिनपछि बालेनको उक्त फेसबूक पोस्ट पुनः देखिएको छ ।

शुक्रबार, २१ भदौ, २०८१, साँझको ०७:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर