लाइफ गार्ड हस्पिटलको लोकप्रियता

विराटनगर । विराटनगर–५ स्थित परिचित अस्पताल लाइफगार्ड हस्पिटलमा सेवाग्राहीको भीड बढ्न थालेको छ ।

हस्पिटलमा उपचार लिन आउने विरामीको चापले नै लाइफ गार्ड हस्पिटलको लोकप्रियतालाई प्रमाणित गरेको छ । लाइफ गार्ड हस्पिटलमा पहिलो पटक उपचारका लागि आउने विरामी चिकित्सक, स्वास्थ्यकर्मीबाट पाउने गुणस्तरीय उपचार सेवा एवं अपनत्वबाट यति प्रभावित छन् की उनीहरू अब अन्य कुनै अस्पतालमा जानै चाहँदैनन् ।

स्वाथ्य बीमाअन्तर्गत लाइफ गार्ड हस्पिटलबाट पहिले पनि उपचार सेवा लिई, निको भएर घर गएका विरामीहरु र आफन्तहरु हाल बीमा कार्यक्रम नभएको सुन्दा निराश भए पनि शुल्क तिरेरै पनि लाइफ गार्ड हस्पिटलमा नै उपचार गराई रहेका छन् । बीमाबाट सेवा लिएका गरिब विरामीहरु अतिनै मार्कामा परी सेवाबाट वञ्चित समेत भएका छन् । त्यस्ता विरामीहरुलाई हस्पिटलले विशेष छुटका साथ सेवा दिईरहेको छ ।

अपरेशनबाट उपचार लिनु पर्ने कतिपय गरिब विरामीहरु लाईफ गार्डमा पुनः बीमा सुविधा सुरु हुने आसमा उपचार लिन कुरिरहेका छन् । विरामीहरु प्रतिको अपनत्व, आत्मीयता र उत्कृष्ट उपचार प्रवाहका लागि यस हस्पिटलका विशेषज्ञ चिकित्सकहरु प्रसिद्ध छन् । लाइफगार्ड हस्पिटलको नाम सुनेर विरामीहरू टाढा टाढाबाट उपचारका लागि आउने गरेका छन् ।

गरिब विरामीलाई उपचारमा सहज होस् भनेर लाइफ गार्डले शीघ्र स्वास्थ्य बीमा सेवा पुनः नियमित गरिदिन संम्वन्धीत निकायलाई अनुरोध गरेको जनाएको छ । विशिष्टिकृत उपचार सेवा प्रवाह गर्ने १०० वेडको लाइफ गार्ड हस्पिटलले विरामीहरूको चापलाई ख्याल गर्दै थप विशेषज्ञ सेवाहरू संचालन गर्ने तयारी गरेको छ ।

अनुभवी र विशेषज्ञ चिकित्सकहरूबाट जनरल मेडिसिन, नवजात शिशु तथा बाल रोग, हार्डजोर्नी तथा नशा रोग, स्त्री तथा प्रशुती रोग, नाक, कान तथा घाँटी रोग, जनरल सर्जरी, युरो सर्जरी, म्याक्सिलोफेसियल सर्जरी, फिजियोथेरापीलगायतका सेवा सस्तो र सुलभ दरमा लाइफ गार्ड हस्पिटलमा संचालन भइरहेको छ । साथै लाइफ गार्ड हस्पिटलमा आइसीयु, एनआइसीयु र पीआइसीयु भेन्टिलेटर सहितको उपचार सेवा र चिरेर वा दुरबीन प्रविधिद्वारा साधारण र जटिल शल्यक्रिया उपलब्ध रहेको छ ।

– एडभर्टोरियल

सोमबार, १७ भदौ, २०८१, रातीको ०९:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page