विराटनगर । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आइतबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगन थापाप्रति आक्रोश व्यक्त गरेका छन् ।
‘सहकारी ठग्ने, दोहोरो नागरिकता बोक्नेलाई मात्र होइन, कृषि अनुसन्धान (परिषद्) दुरुपयोगको आरोप लगाउनेलाई पनि कारबाही गर्नु पर्ने बताए । ‘देशका गोप्य सूचना विदेशीलाई बेच्नेलाई पनि कारबाही गर्नुपर्छ,’ उनले भने ‘देशको मन्त्री होस् या पार्टीको महामन्त्री ।’
लामिछानेले गगनको नाम नलिई पार्टीको महामन्त्री भनेर उनैतर्फ संकेत गरेका थिए ।
यसअघि गगनले सहकारी ठग र दोहोरो नागरिकता बोक्नेलाई पनि कारबाही गरेर घर पठाउनुपर्ने बताएका थिए । लामिछानेले कांग्रेसले आफूलाई प्रधानमन्त्री अफर गरेको दाबी समेत गरेका छन ।