काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने बताएका छन् । उनले विश्वासको मत लिने विषयमा शंका नगर्न पनि आग्रह गरेका छन् ।
दाहालले भोलि विश्वासको मत लिने तयारी छ । अध्यक्ष नेपालले सरकारमा भएकाले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने स्पष्ट गरेका हुन् । आइतबार पार्टी मुख्यालय आलोकनगरमा सञ्चारकर्मीसँग कुराकानि गर्दै नेपालले नैतिकताको प्रश्न पनि खडा हुने हुनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदैन कि भनेर आफ्नो पार्टीमाथि शंका नगर्न र द्विविधा नपाल्न आग्रह गरे ।
अध्यक्ष नेपालले संसदलाई सहज ढंगले अघि बढाउने कुरामा सबै राजनीतिक दलहरूले ध्यान दिनुपर्ने बताए ।