विराटनगर । नेपाल आयल निगमले पेट्रोलको भाउ प्रतिलिटर ७ रुपैयाँ घटाउने निर्णय गरेको छ । यस्तै डिजेल तथा मट्टितेलमा प्रतिलिटर पाँच घटाउने भएको हो ।
इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर ६.७५ र डिजेलको मूल्यमा प्रति लिटर ५.०९ ले घटेर आएको छ ।
निगम सञ्चालक समितिको निर्णय अनुसार बिहीबार बिहानदेखि लागु हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाइएको छ ।