तेस्रो मिल्स क्रिकेट प्रतियोगितामा विराटनगरलाई हराउँदै जोगवनीको प्रशान्त क्लब विजयी

विराटनगर । तेस्रो मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा जोगवनीको प्रशान्त क्रिकेट क्लब विजयी भएको छ ।

विराटनगर जुटमिलको खेल मैदानमा बुधबार भएको पहिलो खेलमा घरेलु टोली बिसीसीए विराटनगरलाई ६२ रनले हराउँदै जोगवनी विजयी भयो।

टस जितेर ब्याटिङ रोजेको जोगवनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २५१ रन बनायो। असिक कुमारले १९ बलमा ५ छक्का र ३ चौका प्रहार गर्दै अर्धशतकीय ५० रन बनाए। उनी खेलको प्लेयर अफ द म्याच घोषित भए। यशदर्शन कुमारले ४६ र राजा बावुले ४४ रनको योगदान गरे।

विराटनगरले २५२ रनको लक्ष्य पछ्याउँदा सबै विकेट गुमाइ १८९ रन मात्र बनाउन सक्यो। अशुतोष सिंहले ३९, धिरज कामतले २९ र हर्ष यादवले २१ रन बनाए।

जोगवनीका अबिशेष राजा, नवित र जयन्त कुमारले समान २र२ विकेट लिए। अहिले दोस्रो खेल आयोजक मिल्स र सुनसरी क्लब बीच जारी छ।

बुधबार, ०२ जेठ, २०८१, दिउँसोको ०३:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर