प्रदीप यादव बने स्वास्थ्य तथा जनसंख्यामन्त्री

काठमाडौं । प्रदीप यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका छन् । जसपा नेपालबाट विभाजन भएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट यादव मन्त्री नियुक्त भएका हुन् । उनले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गरेका थिए ।

नियुक्त भएलगत्तै राष्ट्रपतिको सरकारी निवास शीतलनिवासमा मन्त्री यादवले राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

यसअघि जनता समाजवादी पार्टी नेपालबाट उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका उपेन्द्र यादवले राजीनामा दिएपछि उनलाई प्रधानमन्त्री प्रचण्डलाई नियुक्त गरेका हुन ।

जसपा नेपालले भने सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

राई नेतृत्वको जनता समाजवादी पार्टीबाटै वनमन्त्रीमा नवल किशोर साह सुडी रहेका छन् ।

सोमबार, ३१ बैशाख, २०८१, साँझको ०७:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर