कोशी प्रदेश: मुख्यमन्त्री कार्की राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतविभाजन सुरु

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव माथिको मत विभाजन सुरु भएको छ ।

प्रदेशसभा बैठकमा काँग्रेस भने अनुपस्थित रहेको छ । मुख्यमन्त्री कार्कीलाई नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)को ३, जसपाको १ जना सांसदले (गरी ५७ जना सांसदले) पक्षमा मत दिने बताइएको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई भने बैठकमा अनुपस्थित छन् । राप्रपाले भने विश्वासको मतको प्रस्तावमा तटस्थ बस्ने जनाएको छ ।

गत वैशाख २७ गते संविधानको धारा १६८ (५) अनुसार मुख्यममन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका हुन् । उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रक्रियाका विरुद्धमा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भने सर्वोच्च अदालतम मुद्दा दर्ता गराएका छन् । उक्त मुद्दाको अन्तिम सुनुवाईको मिति जेठ ९ गतेलाई तोकिएको छ ।

प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाको सभामुखसहित ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ जना सांसद छन् ।

सोमबार, ३१ बैशाख, २०८१, दिउँसोको ०३:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर