विराटनगर । काेशी प्रदेश मन्त्रीपरिषद बैठकले आगामी वैशाख ३१ गते प्रदेशसभाकाे बजेट अधिवेशन आव्हान गर्ने निर्णय गरेकाे छ ।
नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो र दुई मन्त्री राम राना र गणेश उप्रेतीकाे शपथलगत्तै मन्त्रीपरिषद्काे बैठक राखेका थिए । उक्त बैठकले मन्त्री रानालाई सरकारकाे प्रवक्ता ताेकेकाे छ भने बरिस्ठ अधिवक्ता चुँडामणि आचार्यकाे संयाेजकत्वमा संघीयता कार्यान्वयन तथा कानुन निर्माण सम्बन्धी एकीकृत अध्ययन कार्यदल निर्माण गरेकाे छ ।
बैठकका निर्णयहरूः
१) प्रदेश सभाको पाचौं तथा बर्खे अधिवेशन ३१ गते ११ बजे आवहान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस ।
२) माननीय राम बहादुर मगर लाई प्रवक्ता तोकेको ।
३) संघीयता कार्यान्वयन तथा कानुन निर्माण सम्बन्धी एकीकृत अध्ययन कार्यदल निर्माण।
संयोजक:- वरिष्ठ अधिवक्ता चुडामणी आचार्य( पुर्व मुख्यन्याधिवक्ता)
सदस्य:- वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य( पुर्व मुख्यन्याधिवक्ता)
सदस्य:- पुर्व प्रदेश सभा सदस्य अर्जुन राई
सदस्य:- पुर्व प्रदेश सभा सदस्य कुल प्रसाद साम्बा
सदस्य:- पुर्व प्रदेश सभा सदस्य जसमाया गजमेर
सदस्य:- नरेन्द्र श्रेष्ठ (पुर्व उपसचिव)
सदस्य सचिव:- सचिव,आन्तरिक मामिला तथा कानुन मन्त्रालय