लोड हुँदैछ...

मेनु

डा. शेखर कोइराला र मुख्यमन्त्री कार्कीबीच भेटवार्ता, मध्यावधिमा नजाने सहमति

डा. शेखर कोइराला र मुख्यमन्त्री कार्कीबीच भेटवार्ता, मध्यावधिमा नजाने सहमति

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र काँग्रेस नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

कोशी प्रदेश सरकारको विषयलाई लिएर दुईजनाबीच काठमाडौंस्थित कोइरालाको सचिवालय विशालनगरमा भेट भएको हो । भेटका क्रममा कार्की नेतृत्वको सरकार टिकाउन अधिकतम पहल गर्ने दुई नेताबीच कुरा भएको छलफलमा सहभागी काँग्रेसका केन्द्रीय सदस्य तथा शेखर कोइरालाका निकटस्थ नेता गोविन्द पोखरेलले बताए ।

‘मध्यावधिमा जानु हुन्न भन्ने निष्कर्ष दुवै नेताको छ । सरकार जोगाउन विभिन्न विकल्पमा जाने कुराकानी भयो,’ पोखरेलले भने, ‘मध्यावधिमा नजाने तर, सरकार टिकाउनका लागि थप कानूनी परामर्श गरौं भन्ने कुरा भएको छ ।’

केही दिन अगाडि कोशी प्रदेशको यही सरकार टिकाएर जाने विषयमा नेता कोइरालाले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रस्ताव राखेका थिए । जवाफमा ओलीले भने संघीय सरकारको गठबन्धन अर्को भएको अवस्थामा प्रदेशमा अर्को हुन नसक्ने जवाफ दिएका थिए ।

‘कोशीको सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी भएको हो । उहाँले गठबन्धन एउटा छ अर्कोतिर गर्नुपर्छ भनेर सकारात्मक जवाफ दिनुभएन,’ पोखरेलले भने ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।