अर्किड कलेजको प्राचार्यमा सीएम श्रेष्ठ

विराटनगर । विराटनगरस्थित अर्किड कलेजका प्राचार्यमा सीएम श्रेष्ठ नियुक्त भएका छन् । लामो समयदेखि शिक्षा क्षेत्रमा लागि परेका श्रेष्ठलाई कलेजका संचालक समितिको बैठकले प्राचार्यमा नियुक्त गरेको हो ।

यसअघि सो कलेजका प्राचार्य दिपेश बास्तोला रहेका थिए । कार्य ब्यस्तताको कारण बास्तोलाले राजीनामा दिएका हुन ।

गुणस्तरीय शिक्षा प्रदान गरि अब्बल कलेजको रुपमा अर्किडलाई अगाडी बढाउने नवनियुक्त प्राचार्य श्रेष्ठले बताए । विद्यार्थी किताबि ज्ञानमा मात्र अब्बल भएर हुदैन, बदलिँदो युग अनुसार प्रतिष्पर्धि बन्न सक्नुपर्छ भन्ने मान्यताका साथ अर्किडले विद्यार्थीको सर्वाङ्गिण विकासका निम्ति आवश्यक वातावरण तयार पार्ने उनले बताए । हरेक विद्यार्थीलाई खोज अनुसन्धान होस या इच्छाअनुसारको कम्तिमा दुई विधामा अतिरिक्त कृयाकलापमा भाग लिन उत्प्रेरित गर्दै अगाडी बढाउने उनले बताए ।
अर्किड कलेजका अध्यक्ष अमित ढकालले प्राचार्यमा सीएम श्रेष्ठको आगमनले शिक्षा क्षेत्र सुधारमा ठूलो टेवा पुग्ने बताए ।

कक्षा १२ सम्म पढाइ हुने अर्किडमा विज्ञान, व्यवस्थापन पढाइ हुने गरेको छ ।

 

बुधबार, ०५ बैशाख, २०८१, बिहानको ११:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर