न्युरो अस्पतालमा अब अब घरमै बसेर अनलाइनबाट टिकट काट्न सकिने

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एन्ड मल्टिस्पेशाल्टी अस्पतालले ‘अनलाइन टिकटिङ्ग प्रणालीे’ सेवा सञ्चालनमा ल्याएको छ । स्वास्थ्य प्रविधि सेवा प्रदायक संस्था आइमर्क डिजिटल प्रालीको डाफें हेल्थ सेवा अन्तर्गत उक्त सेवा आइतबारदेखि सञ्चालनमा ल्याएको हो ।
यस प्रणालीबाट, बिमारी तथा अस्पतालको सुविधा लिन चाहने जोसुकैले अब घरमै बसी–बसी चाहेको चिकित्सकको टिकट सजिलै काट्न सक्ने अस्पतालले बताएको छ । अनलाइन टिकटिङ्ग प्रणाली भित्र ‘न्युरो हस्पिटल’ मोबाइल एप र वेबसाइट पनि रहेको छ ।

आफूले चाहेको चिकित्सकको सेवा शुल्क पनि अनलाइन खल्ती र ई सेवाबाटै सहज भुक्तानी गर्न सकिने व्यवस्था अस्पतालले बनाएको छ । समयको महत्त्वपूर्ण बचतका साथै चिकित्सकीय टिकटिङ्ग प्रक्रिया सम्पन्न हुने गरी बिमारीहरूले अनलाइन बाटै सहज आवेदन दिने व्यवस्था गरिएको छ । यो साझेदारीले न्युरो अस्पतालको सेवाहरूलाई अझ प्रभावकारी बनाउने उद्देश्यले रहेको अस्पतालका निर्देशक राजेश भट्टराईले बताए । ‘हाम्रो उद्देश्य स्वास्थ्य सेवा प्रदान गर्ने प्रक्रियाहरूलाई अझ सुविधाजनक बनाउनु हो । यो अनलाइन टिकटिङ्ग प्रणालीले बिरामीहरूको जीवनमा सहयोग प्रदान गर्नेछ । नेपाल मात्र नभई भारतबाट आउने बिरामीहरूका लागि पनि यो सेवा अझ फलदायी हुने हामीले विश्वास ठानेका छौ,’ निर्देशक भट्टराईले भने ।

डाफें हेल्थका प्रमुख कार्यकारी अधिकृत युवराज पराजुलीले विगत १६ वर्ष देखि संस्थाले हेल्थ टेकमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको र अझ परिष्कृत हेल्थ सोलुसन प्रधान गर्ने उद्देश्यका साथ यस साझेदारी गरिएको बताए ।

यो अनलाइन प्रणाली सुरु भएपछि बिरामीहरूले सजिलै र तत्काल तथा सुविधाजनक रूपमा आफूले चाहेको चिकित्सकीय सेवा आफूले चाहेको मिति र समयमा बुकिङ गर्न अस्पतालले जनाएको छ । यसैगरी बिरामीको विवरण र नोट न्युरो हस्पिटल एप मार्फत सिधै डाक्टरहरूले बिरामीको सम्पूर्ण विवरणहरू एकीकृत हस्पिटल व्यवस्थापन प्रणालीमा देख्न र नोट राख्न सक्नेछन् । विशेष सेवाहरूको अधिकार र पहुँचस् बिरामीहरूले ल्याब रिपोर्ट सिधै न्युरो हस्पिटल एप बाट प्राप्त गर्न सक्ने बताइएको छ ।

आइतबार, २५ चैत, २०८०, साँझको ०७:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर