काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्षको उम्मेदवार नेता कृष्ण प्रसाद सिटौला बनाउने चर्चा भएपनि पराजित हुने अवस्था आएपछि युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शर्मा लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
कांग्रेसले सिटौलालाई भने कांग्रेस राष्ट्रियसभा दलको नेता चयन गरीसकेको छ। सत्ता गठबन्धन परिवर्तन भएपछि कांग्रेसलेउम्मेदवार परिवर्तन गरेको हो ।