विराटनगर । नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ ( समाजवादी)ले विराटनगर महानगर कमिटी निर्माण गरेको छ ।
विराटनगरमा आज आयोजित महिलाहरुको भेलाले बिमला तिम्सिनाको अध्यक्षता २५ सदस्यीय कमिटी निर्माण गरेको छ । उक्त कमिटीको उपाध्यक्षमा राधिका नेपाल र मंजु पौडेल (लक्ष्मि), सचिवमा कमला भट्टराई, उपसचिवमा गंगा पोखरेल (भट्टराई) र निर्मला राम, कोषाध्यक्षमा टीका सिवाकोटी रहेका छन् । २५ सदस्यीय नवनिर्वाचित कमिटीलाई नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य महेश रेग्मी, अनेमसंघ (समाजवादी) का केन्द्रिय सदस्य मिरा दाहाल (हिरा), नेकपा (एस) महानगर अध्यक्ष वीरेन्द्र यादवलगायतले बधाई तथा शुभकामना मन्तव्य दिएका थिए ।