काठमाडौं । नेपालमा जारी साफ यू–१६ महिला फुटबल प्रतियोगिता भारतसँग हार बेहोरेको छ ।
ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा भारतसँग १०–० को हार बेहोरेसँगै नेपाल फाइनलमा पुग्ने बाटो बन्द भएको छ ।
जारी प्रतियोगितामा भारतको यो दोस्रो जित हो । भारतले पहिलो खेलमा भुटानलाई ७–० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–१ ले हार बेहोरेको थियो ।
यो जितपछि भारतको ३ खेलमा ६ अंक भएको छ ।
नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २ –० गोलले हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानलाई ३–० ले पराजित गरेको थियो । यो हारपछि नेपालको ३ खेलमा ३ अंक रहको छ । अब समुह चरणको अन्तिम खेलमा शुक्रबार बंगलादेशले भुटान खेल्न बाँकी रहेपनि फाइनलमा भारत र बंगलादेश खेल्ने निश्चित भएको छ । फाइनल खेल आइतबार हुने छ ।