काठमाडौं । बिहीबार सेयर बजार दोहोरो अंकले सुधार भएको छ । नेप्से १३.५१ अंकले बढेर २०३०.५५ को विन्दुमा पुगेको छ ।
आज ३०९ धितोपत्रका ८९ लाख २९ हजार १५२ कित्ता सेयर तीन अर्ब १९ करोड ९२ लाख पाँच हजार ८२० रुपैयाँमा किनबेच भयो ।
१३ उपसमूहमध्ये १० वटाको समूहगत सूचक बढेको छ । तीनवटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । एनआईसी एसिया ग्रोथ फन्ड–२ को सेयर मूल्य सर्वाधिक ६।२१ प्रतिशतले घटेको छ ।