नेकपा एकीकृत समाजवादीबाट जोशी र बुढा मन्त्री बन्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने दुई मन्त्रीको नाम टुङ्ग्याएको छ ।

संघीय मामिला र सहरी विकास मन्त्रालय लिएर उक्त पार्टी सरकारमा सहभागी हुने भएको छ । सामान्य प्रशासनमा भानुभक्त जोशी र सहरी विकासमा धनबहादुर बुढा मन्त्री बन्ने भएका छन् ।

उक्त पार्टीको सचिवालय बैठकले प्रधानमन्त्रीसँग थप छलफलपछि सरकारमा सहभागिताबारे निर्णय लिने जनाएको थियो ।

बा अध्यक्ष माधव कुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसालले छलफलपछि प्रधानमन्त्रीलाई मन्त्री बन्ने नेताहरूको नाम बुझाएका हुन् ।

बुधबार, २३ फागुन, २०८०, साँझको ०६:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर