काठमाडौं । साँझ ५ बजे हुने भनिएको मन्त्रीहरुको सपथ ग्रहण सरेको छ । सपथ ग्रहण अब ५ः४५ बजे हुने भएको छ ।
‘सर्त पुरा गरे मात्रै’ सरकारमा सहभागी हुन सक्ने निर्णय नेकपा एकीकृत समाजवादीले गरे पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिखेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाइ बालुवाटारमा कुरिरहेका छन् ।
उनीसँगै उपाध्यक्ष प्रवेश हमाल र महासचिव घनश्याम भुसाल पनि बालुवाटार पुगेको प्रचार विभाग प्रमुख जगन्ननाथ खतिवडाले जानकारी दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग कुराकानी गरे पछि मात्रै सपथ ग्रहण समारोहमा सहभागी हुन शितल निवास जानेछन् । जसका कारण सचिवालय बैठक सकिने बितिक्कै नेकपा एसका अध्यक्ष उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल लिएर बालुवाटार हिडेका छन् ।