काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
मंगलवार साँझ सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
प्रधानमन्त्री पहिले कांग्रेस र अहिले एमालेको काँधमा चढेको गुरुङले बताए ।
२०७९ पुस १० गते एमाले, रास्वपा, राप्रपासहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका थिए । त्यसबेला कांग्रेसले पनि विश्वासको मत दिएको थियो ।
विश्वासको मत दिएर प्रधानमन्त्रीसँग सम्बन्ध सुधार गरेर काग्रेसले राम चन्द्र पौडेललाई राष्ट्रपति बनाएको थियो । त्यसपछि एमाले सरकारबाट बाहिरिएको थियो ।
प्रचण्डले सोमवार फेरि कांग्रेसबाहेक एमालेलाई लिएर गठबन्धन बनाएपछि कांग्रेसले सरकार छोडेको हो । कांग्रेस २०७९ चैत १७ गते सरकारमा गएपछि सोमवार सरकारबाट बहिर्गमित भएको हो ।