म्यान अफ द म्याच हुने खेलाडीलाई एनआइसी एसिया बैङ्कको क्यूआरबाट भुक्तानी

विराटनगर । विराटनगरमा मङ्गलवार देखी सुरु हुने कोशी प्रदेश क्रिकेट प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीलाई क्युआर बाट भुक्तानी गर्ने भएको छ ।

आयोजक मोरङ जिल्ला क्रिकेट संघ र एनआइसी एसिया बैङ्क बिच प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीहरूलाई क्युआर बाट भुक्तानी गर्ने सहमति भएको हो ।

सोमबार बैङ्कको तर्फबाट ब्रान्डिङ्ग एन्ड कर्पोरेट कमिनिकेसनका प्रमुख सरोज भट्टराई र संघको तर्फबाट मोरङ अध्यक्ष मह मद साद बाबु कुरेशीले सम्झौता गरेका छन् । म्यान अफ द म्याच हुने खेलाडीलाई कति राशि दिने त्यो मङ्गलवार तोकिने अध्यक्ष कुरेशीले बताए । डिजिटल माध्यमबाट पहिलो पटक खेलकुद क्षेत्रमा भुक्तानी गर्ने योजना ल्याएको उनले बताए । ‘क्रिकेट व्यवस्थापनको विकासमा एउटा मेरुदण्डको रहेको हामीले बुझेका छौँ । यसलाई सम्भव तुल्याउन एनआइसी एसिया बैङ्कको सदाचारी समर्थन हाम्रा लागि कोषेढुंगा साबित भएको छ,’ उनले भने ।

फागुन २२ गतेबाट चैत्र ३ गतेसम्म प्रतियोगिता विराटनगरको बैजनाथपुर रङ्गशालामा हुनेछ । प्रतियोगिताका विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । सात वटा प्रदेशसँगै ३ वटा विभागीय टोलीबिच प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि करिब ७५ लाख रुपैयाँ खर्च हुने उनको भनाई छ । लिग कम नकआउटको आधारमा खेल हुने आयोजकले बताए ।

सोमबार, २१ फागुन, २०८०, साँझको ०७:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर