विराटनगरमा तेस्रो संस्करण ‘इक्युवालिटि कप महिला क्रिकेट २०२४’को आयोजना हुने

विराटनगर । महिला क्रिकेट विकास गर्न उद्देश्य साथ विराटनगरमा तेस्रो संस्करण ‘इक्युवालिटि कप महिला क्रिकेट २०२४’को आयोजना हुने भएको छ ।अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर उक्त प्रतियोगिता गर्न लागिएको हो ।

सोमबार आयोजकले विराटनगरको ज्वाला क्रिकेट मैदानमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो । नेपाल क्रिकेट फाउन्डेसनले मोरङ क्रिकेट संघको प्राविधिक सहयोगमा फाल्गुन २२ देखि फाल्गुन २४ गतेसम्म विराटनगर–६ मा रहेको ज्वाला क्रिकेट मैदान प्रतियोगिता सञ्चालन गर्ने फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए ।

मुलुकमा महिला क्रिकेट प्रतियोगिता ज्यादै न्यून सङख्यामा हुने भएकोले त्यसलाई ध्यानमा राखी राष्ट्रिय स्तरमा दक्ष खेलाडी उत्पादनमा सहयोग पुर्‍याउन खेलको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगितामा कोशी प्रदेश र मधेस प्रदेशका २÷२ जिल्लाका ४ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । कोशीका मोरङ र इलाम बाट २ र मधेसबाट सिराहा र सप्तरीबाट २ टिम सहभागी हुने छन् ।

लिगको आधारमा खेलाइने आयोजकले जनाएको छ । सो प्रतियोगितामा टप दुई टिमले फाइनल खेल्ने खेल संयोजक विशाल साहले बताए । खेल टी–२० फर्मेटमा खेलाइने छ उनले जानकारी दिए । ४ दिन सम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख ५० हजार लाग्ने अनुमान गरिएको छ ।
महिला खेलाडीमा खेलप्रति आत्मविश्वास रहेको र प्रतियोगिताले उनीहरूको कौशलतामा वृद्धि गर्न सहयोग पुग्ने क्रिकेट विथ आउट वाउण्ड्रिका स्वयंसेवक प्रशिक्षक रचना राम चन्दनले बताइन् । वाउण्ड्रिका स्वयंसेवक प्रशिक्षक बेलायती नागरिक काउपेड्रीले महिला खेलाडीमा क्रिकेटप्रति उत्सुकता रहेको पाएको बताए ।
यस्तै अर्का स्वयंसेवक प्रशिक्षक एच लाम्वले महिलाहरूलाई घरपरिवारबाट खेल्न लगाइने बन्देज हटाउन चेतना वृद्धिको आवश्यकता रहेको उल्लेख गरे । प्रतियोगिताका वाउण्ड्रिका छ जना स्वयंसेवक प्रशिक्षक आएका छन् ।

सोमबार, २१ फागुन, २०८०, साँझको ०६:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर