काठमाडौं । मुख्यसचिव वैकुण्ठ अर्याल आज देखि बिदामा बस्ने भएका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि उनि बिदामा बस्ने भएका हुन् ।
टेरामक्स प्रविधि खरिदको अनियमिततामा मुछिएका उनी आजदेखि बस्ने तय भएका हुन ।
सञ्चार मन्त्रालयको सचिव रहँदा अर्यालले टेरामक्स प्रविधि खरिदमा अनियमितता गरेको निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छ ।
अख्तियारले टेरामक्स खरिद प्रकरणको अनियमितताका सम्बन्धमा सबै अनुसन्धान सकेर मुद्दा दायरको तयारी गरिरहेको छ । तर, मुख्यसचिव पदमा बहाल रहिरहेकै कारण मुद्दा दायर अघि नै अख्तियारले उनको मार्ग प्रशस्त चाहेको छ ।
सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा ६९ करोड ८ लाख भ्रष्टाचारको अभियोग लागेका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसँग अनुचित आर्थिक कारोबारसमेत देखिएको छ।

