लोड हुँदैछ...

मेनु

चार दिन अघि मात्रै सफाइ पाएका प्रमुख र उपप्रमुख विरुद्ध फेरि भ्रष्टाचार मुद्दा दायर

चार दिन अघि मात्रै सफाइ पाएका प्रमुख र उपप्रमुख विरुद्ध फेरि  भ्रष्टाचार मुद्दा दायर

विराटनगर । धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन नगर प्रमुख उदयकुमार यादव र उपप्रमुख शीलादेवी कापरविरुद्ध पुनः भ्रष्टाचार मुद्दा दायर भएको छ ।उनीहरुले भ्रष्टाचार मुद्दामा चार दिन अघि मात्रै सफाइ पाएका थिए ।

सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु सहित ९ जनाविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा स्यानेटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद ऐन नियमावलीको पालना नगरेको तथा गुणस्तरयुक्त नभएको सामग्री खरिद गरी भ्रष्टाचार गरेको आयोगको दाबी छ ।​

शःशर्त अनुदानतर्फको सेनिटरी प्याड खरिदको लागि मिति २०७७ फागुन १९ मा ए रेजा ट्रेडिङ्ग प्रालिसँग खरिद सम्झौता भएको थियो।उक्त खरिद सम्झौता गर्नु अघि नै २०७७ फागुन १३ गते भुक्तानी गरेको अभियोगपत्रमा उल्लेख छ ।​​

शिलबन्दी दरभाउ पत्र आह्वानको सूचनामा सेनिटरी प्याडको आवश्यक संख्या नखुलेको तर सम्झौता हुन अगावै र कही कतै संख्या स्पष्ट नहुँदै रेजा ट्रेडिङ्ग प्रालिले सेनिटरी प्याड आपूर्ति गरेको पाइएको छ ।​​​

अख्तियारले तत्कालीन मेयर यादव, तत्कालीन उपमेयर कापर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शत्रुघ्न यादव, तत्कालीन लेखापाल लोकबहादुर नेपाली, तत्कालीन जिन्सी शाखा प्रमुख सुदीपकुमार भट्टराई, तत्कालीन स्वास्थ्य संयोजक कपिलदेवप्रसाद अधिकारी, तत्कालीन प्रधानाध्यापक श्रीकृष्ण भिन्वार, तत्कालीन सब–इन्जिनियर सरोजकुमार महतो, रेजा टुडे दैनिकका प्रकाशक अकबर मस्नुरविरुद्ध जनही १३ लाख ९३ हजार ६८७ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds