लोड हुँदैछ...

मेनु

साहित्यिक महोत्सवमा सहभागी हुन नेपाली साहित्यकार बंगलादेश प्रस्थान

साहित्यिक महोत्सवमा सहभागी हुन नेपाली साहित्यकार बंगलादेश प्रस्थान

विराटनगर । अन्तर्राष्ट्रिय साहित्य महोत्सवमा सहभागी हुन नेपाली साहित्यकारहरूको टोली बंगलादेश प्रस्थान गरेको छ ।

बंगलादेशको प्रतिष्ठित सहर किशोरञ्जमा यही २४ देखि २६ गतेसम्म हुने अन्तर्राष्ट्रिय साहित्य महोत्सवमा सहभागी हुन विराटनगरका कवि एवं पत्रकार मीनकुमार नवोदितसहित काठमाडौंका अग्रज साहित्यकार युवराज नयाँघरे, ऋषभदेव घिमिरे, राजेन्द्र गुरागाईं, राजेन्द्र केसी, हरिबोल ढकाल र रमेश मुनकर्मी सहित ७ जनाको टोलि बंगलादेश गएको हो ।

अन्तर्राष्ट्रिय महोत्सवमा द्विदेशीय साहित्यिक–सांस्कृतिक आदानप्रदान, विषयगत कार्यपत्र, काव्यवाचन र लोकसंस्कृतिको प्रस्तुति रहनेछ । छडा उत्सव परिचालन परिषद्ले आयोजना गर्ने कार्यक्रमले नेपाल र बंगलादेशबीच सामाजिक, सांस्कृतिक एवं साहित्यिक सम्बन्ध अझै प्रगाढ बनाउने आयोजकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।