काठमाडौं ।आइतबार सेयर बजार मापक नेप्से ११.७८ अंकले घटेको छ । आज नेप्से ११.७८ अंकले घटेर १९६०.३० को विन्दुमा झरेको हो ।
३०९ धितोपत्रका ५५ लाख ७४ हजार २०७ कित्ता सेयर दुई अर्ब आठ करोड २७ लाख ८६ हजार ८९ रुपैयाँमा किनबेच भएको छ । १३ उपसमूहमध्ये ११ वटाको समूहगत सूचक घटेको छ । दुईवटाको समूहगत सूचक बढेको छ । होटेल तथा पर्यटन क्षेत्र र उत्पादन तथा प्रशोधन क्षेत्रको समूहगत सूचक बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ९.७० प्रतिशतले बढेको छ भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ७.४९ प्रतिशतले घटेको छ ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।