लोड हुँदैछ...

मेनु

नेदरल्यान्ड र नामिबियाबीचको खेल वर्षाको कारण रोकियो

नेदरल्यान्ड र नामिबियाबीचको खेल वर्षाको कारण रोकियो

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गतको आज खेल वर्षाको कारण रोकिएको छ । नेदरल्यान्ड र नामिबियाबीचको खेल वर्षाको कारण रोकिएको हो ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको हो ।

आजको खेलले सिरिजको फाइनलमा पुग्ने टिमको टुङ्गो लगाउने भएपनि खेल रद्द भएको अवस्थामा नेदरल्यान्ड फाइनलमा पुग्नेछ । यसअघि दुई जितका साथ नेपाल फाइनलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।