विराटनगर । इटहरी उपमहानगरपालिका– ६ बीपी चौकका विष्णुबहादुर खड्काको घरमा आगलागीमा परेर एक जनाको ज्यान गएको छ । आगलागीबाट जलेर एक महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीले जानकारी दिए ।
मृत्यु हुनेमा ५२ वर्षीया गोपीमाया कटवाल छिन् । कटवाल सुतेको कोठामा आगलागी भएको हो । कोठाभित्र चुकुल लगाएको अवस्थामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘मृतकको कोठामा भित्रबाट चुकुल लगाइएको अवस्था छ,’ डीएसपी कार्कीले भने ‘आगलागीको कारण खुलेको छैन । थप अनुसन्धान भइरहेको छ ।’मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी भइरहेको इटहरी प्रहरीले जनाएको छ ।
मृतक कटवाल छेउको कोठामा छोराबुहारी सुतेका थिए । उनीहरूलाई भने केही भएको छैन ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।