लोड हुँदैछ...

मेनु

दूग्ध किसानहरुको आन्दोलन स्थगित

दूग्ध किसानहरुको आन्दोलन स्थगित

विराटनगर । एक महिनाभित्र दूध बिक्रीवापतको रकम किसानले भुक्तानी पाउने सहमति भएपछि दूग्ध किसानहरुको आन्दोलन स्थगित भएको छ । शनिबार सरकार र किसानहरुबीच पाँच बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको हो ।

शनिबार साँझ कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालसको उपस्थितिमा सरकार, उद्योगी र दूग्ध सहकारी संघबीच वार्ता भएको थियो ।
वार्तामा सरकार र उद्योगहरुले किसानलाई एक महिनाभित्र भुक्तानी दिन सहमति जनाएका छन् । वार्तापछि उद्योगीले आगामी चैत्र २१ गतेसम्ममा दूधको भुक्तानी गरिसक्ने सहमति भएको जनाइएको छ । दूग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरका अनुसार उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने गरी दूध खरिद गर्ने, उद्योगीको दूध तथा दुग्धजन्य पदार्थ निर्यातका लागि कृषि तथा पशुपक्षी मन्त्रालयले समन्वय गर्ने, निर्यात प्रवद्र्धनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने, पशुपालक किसानलाई सरकारले दिँदै आएको बीमा कार्यक्रमलाई निरन्तरता दिने र केन्द्रीय दुग्ध सहकारी संघले राखेका माग सम्बोधनका लागि पहल गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds