विराटनगर ।पुर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी नगरपालिकामा सवारी दुर्घटनामा मृत्यु हुनेको सख्या तिन पुगेको छ ।

ट्रिपरर बोलेरोलाई ठक्कर दिदा तिन जनाको मृत्यु भएको हो । ‘बिहान ६ः३० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको ट्रिपरले पश्चिमतर्फ आउँदै गरेको मे १ झ २८५६ नम्बरको सुमो गाडीलाई ठक्कर दिएछ,’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक रन्जन कुमार दाहालले भने ‘त्यसपछि बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको यात्रुबहाक बसमा पनि सुमो ठोकिएछ ।’

दाहालका अनुसार मृत्यु हुनेमा कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई र सोहि ठाउ बस्ने वर्ष ४४ कि दिपा खनाल रहेकी छिन । उनीहरुको घट्ना स्थलर्मै मृत्यु भएको थियो भने सुमो चालकको उपचारका क्रममा मृत्यु भएको हो ।

झापाको विर्तामोड २ बस्न ३६ वर्षका कृष्ण गजुरेलको उपचारकाक्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको दाहालले बताए । अन्य दुई जनाको न्युरो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । थप एक जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।