वाफ महिला फुटबलमा नेपालले उपाधिका लागि जोर्डनसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज नेपालले जोर्डनसँग खेल्दैछ ।

साउदी अरेबियामा जारी जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा फाइनल खेल हुदै छ । नेपाली समय अनुसार राती पौने १० बजेदेखि खेर शुरू हुनेछ ।जोर्डन फिफाको महिला फुटबलको वरियतामा ७४औं स्थानमा छ भने नेपाल १०५औ स्थानमा रहेको छ ।

जोर्डन वाफ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियनसमेत हो । जोर्डनले अहिलेसम्म सबैभन्दा बढी पाँच पटक वाफको उपाधि जितेको छ ।

नेपाल आमन्त्रित टिमको रूपमा पहिलो पटक सहभागिता जनाइरहेको छ ।

नेपाल समूह ‘बी’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो । नेपालले समूहगत चरणमा तीनवटै खेल जितेको थियो ।

आज हुने फाइनलमा महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’भने हुने छैनन् । सावित्रा फ्रेन्च क्लबको सम्झौताका कारण फाइनल खेलमा उपलब्ध नहुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

बिहिबार, १७ फागुन, २०८०, बिहानको ०९:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर