लोड हुँदैछ...

मेनु

ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा आज नेदरल्यान्ड्सको सामना गर्दै नेपाल

ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा आज नेदरल्यान्ड्सको सामना गर्दै नेपाल

विराटनगर । घरेलु मैदानमा जारी त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा आज नेपाल र नेदरल्यान्ड्स बिच खेल हुदैछ ।

दुई देशबीचको खेल त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजे शुरू हुनेछ ।

पहिलो खेलमा नामिबियासँग पराजित नेपाल आज पहिलो जितको खोजीमा हुनेछ ।

यस्तै, नेदरल्यान्ड्स भने विजयी शुरूआत गर्ने लक्ष्यमा हुनेछ । जारी शृंखलामा नेदरल्यान्ड्सको यो पहिलो खेल हो ।

मंगलबार पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

यसअघि आईसीसी विश्वकप क्रिकेट लीग टुमा नेपाल ४ मध्ये ३ खेलमा पराजित भएको थियो । नामिबियासँग दुवै खेलमा नेपाल पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।