लोड हुँदैछ...

मेनु

झापामा १२ जना जुवाडे पक्राउ

झापामा १२ जना जुवाडे पक्राउ

विराटनगर । झापामा १२ जना जुवाडे पक्राउ परेका छन् ।

झापाको शिवसताक्षी नगरपालिका–११, नहरचोक बस्ने ४७ वर्षीय चेतन दुलालको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् उनीहरूलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

दुलालको घरमा जुवा खेलाउने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट नगद ६६ हजार ६५ रूपैयाँ र १६ थान कौडा बरामद गरीएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।