विराटनगर । कोशी प्रदेश लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारीको मागेको छ । प्रदेश लोकसेवा आयोगले वन रक्षक पदमा २२१ जना माग गरेको हो ।

खुल्लामा १२८ जना, आदिवासी जनजातिमा ३४ जना, महिलामा ३३ जना, दलितमा ६ जना, थारुमा ६ जना, मधेसी र मुस्लिममा ५÷५ जना तथा अपाङ्ग ४ जनाका लागि लोकसेवाले आवेदन मागेको हो ।

शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा, लिखित र अन्तरवार्ता लिइने विज्ञापनमा उल्लेख गरिएको छ । कक्षा ८ पास गरेकाहरूका यो परीक्षामा सहभागी हुनसक्ने भएका छन् । १८ वर्ष पुरा गरेर ३५ वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ ।

अपाङ्गको हकमा भने ४० वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ । आवेदकहरुले चैत्र ४ गतेसम्म आवेदन दिनसक्ने छन् । चैत १२ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन गर्न सकिनेछ ।