मिटरब्याजपीडित र सरकारबीचको पुनः वार्ता आजबिहान ११ बजेदेखि

काठमाडौं । मिटरब्याजपीडित र सरकारबीच सोमबार बिहान ११ बजेदेखि पुनः वार्ता हुने भएको छ । आज वार्तामा बस्नेगरी हिजोको वार्ता टुंगिएको थियो ।

आजको वार्तामा पीडितका मागसँग सम्बन्धित निकायका प्रतिनिधिहरूलाई पनि सहभागी गराउने सहमति भएको छ ।

आइतबार गृह मन्त्रालयमा भएको वार्तामा पीडित पक्षले आफ्ना माग राखेका थिए ।

यसैबीच, पीडितहरूले सडक आन्दोलनलाई निरन्तरता दिने भएका छन् ।

आइतबार पीडित पक्षले संघर्ष समितिको तर्फबाट अवधेश कुश्वाहाको संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए । टोलीमा आदित्य राम, मोहन महत्तो, शिव शंकर महत्तो, दामोदर ढकाल, रुक्मिणी चौधरी, सोहन शर्मा, राजाराम यादव र अंकित खनाल सदस्य छन् ।

सोमबार, १४ फागुन, २०८०, बिहानको ०८:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर